• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 03:17 am

ओस्कार विजेता विश्व चर्चित संगीतकार मोरिकनको निधन

रोम । विश्वकै चर्चित संगीतकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । 

चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए ।

गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए । 

कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् । 

उनले जीवनभरी आत्मसम्मानका साथ जिएको उनका सुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । ‘उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,’ इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने । 

उनको निधनप्रति देशवासी र विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उनको योगदान र क्षमताको स्मरण गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुशान्तको घटना सेलाउन नपाउँदै चर्चित टिभि अभिनेता समीर शर्माले गरे आत्महत्या 

  • २२ श्रावण, २०७७

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै अर्का एक अभिनेताले पनि आत्महत्या गरेका छन् । हिन्दी सिरियल ‘सास

पल शाह र टिकटक भाइरल सुधिर अभिनित ‘माया गरौँला’ गीत सार्वजनिक (भिडियोसहित)

  • २२ श्रावण, २०७७

काठमाडौं । गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको गीत ‘माया गरौँला सार्वजनिक भएको छ । गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने संगीत

नवीन चौहानको म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक

  • २२ श्रावण, २०७७

काठमाडौं । नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक भएको छ ।  भिडियोलाई गीति–कथाको रुपमा प्रस्तुत गरिएको छ ।  यसअघि उनी