सुशान्तको बहिनी श्वेता सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीसँग  छानविन माग गर्दै लेखिन् यस्तो ट्वीट 

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कीर्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै दाजु सुशान्तको आत्महत्या प्रकरणको तत्काल छानविन गर्न अनुरोध गरेकी छिन् ।

‘सुशान्त सिंह राजपुतकी बहिनी भएको नाताले मेरो दाजुको आत्महत्या प्रकरणको तत्काल छानबिन गर्न अनुरोध गर्दछु’, उनले लेखेकी छिन्, ‘हामी भारतीय न्याय प्रणालीमा विश्वास गछौं । त्यसैले, कुनै पनि मूल्यमा न्यायको आशा गर्दछौं ।’

बहिनी श्वेताले प्रधानमन्त्री मोदी सत्यको पक्षमा उभिएको आफूले हेर्न चाहेको बताएको एबिपी टिभीको अनलाइन एबिपी लाइभले जनाएको छ ।

‘तपाईँ सत्यको पक्षमा उभिनुहुनेछ भन्ने मेरो मनले चाहेको छ । हामी ज्यादै साधारण परिवारका मानिस हौं । जब मेरा दाजुले बलिउडमा प्रवेश गरेका थिए, उनीसँग कोही पनि गडफादर थिएनन् । न उनका कोही साथी–भाइ नै थिए’, श्वेताले लेखेकी छिन्, ‘न हाम्रो परिवारको अहिलेको जतिको हैसियत थियो । मेरो तपाईँलाई यही अनुरोध छ कि, तपाईँले यो मुद्दाप्रति तत्कालै छानबिन सुरु गराउनुहोस् । मलाईँ तपाईँले न्याय दिलाउने आशा छ ।’

 


 

I am sister of Sushant Singh Rajput and I request an urgent scan of the whole case. We believe in India’s judicial system & expect justice at any cost. @narendramodi @PMOIndia #JusticeForSushant #SatyamevaJayate pic.twitter.com/dcDP6JQV8N

— shweta singh kirti (@shwetasinghkirt) August 1, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर