शब्द चयनमा गल्ती भएको भन्दै प्रकाश सुवेदीले मागे माफी (भिडियोसहित)

काठमाडौं । सञ्चारकर्मी प्रकाश सुवेदीले माफी मागेका छन् । शब्द चयनमा आफु चुकेको भन्दै सञ्चारकर्मी सुवेदीले रजतपट कार्यक्रम मार्फत नै माफी मागेका हुन् ।

गत बिहिबार सार्वजनिक ‘रजतपट’ कार्यक्रममा पत्रकार सुवेदीले ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टर्भ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’ भनेका थिए ।

सामाजिक सञ्जालमा उक्त कार्यक्रमको केही अंश भाइरल भएको  छ । विशेष गरी टिकटकमा प्रकाशविरुद्ध केहीमानिसहरुले विरोध गरे भने पूजालाई भने धेरैले समर्थन गरेका छन् । 

उनले आजको कार्यक्रममा भनेका छन्–कार्यक्रमको सुरुमा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशषेप्रति लक्षित थिएन । प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । हो, मेरो भन्ने शैली अलि फरक भयो होला, मैले भन्न खोजको कुराको अर्थको अनर्थ लाग्न गयो होला । त्यसै क्रममा जुन दाह्रा भन्ने शब्द मेरो मुखबाट फुत्किएको छ । त्यो वास्तवमा भन्नु हुँदैन्थ्यो । गल्ती भयो, भविष्यमा शब्द चयन गर्दा अवश्य पनि ध्यान पुर्याउँनेछु । ’

यता अभिनेत्री पूजा शर्माले आइतबार नै चलचित्र कलाकार संघमा सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध निवेदन दिएकी छिन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर