बलिउड अभिनेत्री नताशा सुरीलाई कोरोना संक्रमण
मुम्बई । अभिनेत्री तथा मिस इन्डिया वर्लडकी विजेता नताशा सुरीलाई कोरोना संक्रमण भएको छ । आइतबार सामान्य ज्वरो आएको अवस्थामा परिक्षण गर्न जाँदा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी यतिबेला अफ्नै घरमा क्वारेन्टाइनमा बसेकी छन् ।
अभिनेत्रीले एक एजेन्सीसँग कुरा गर्दै भनिन् –‘म कामले गर्दा पूणे गएको थिए । म ३ अगस्टामा फर्किए । अनि बिरामी परे । मलाई ज्वरो र घाटीमा समस्या आएको थियो । त्यसैले मैले आइतबार परिक्ष्ण गर्दा कोभिड–१९ पोजेटिभ आएको हो । ’
उनले फेरी भनिन् –‘मेरो परिवारका अन्य सदस्य पनि बिरामी पर्न थालेका छन् । त्यसैले म आफ्नै कोठामा बसेको छु । उनीहरुको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । ’
प्रतिकृया दिनुहोस