९० दशका यी बलिउड अभिनेत्रीतको सुन्दरता आज पनि चर्चामा

काठमाडौं । बलिउड फिल्म उद्योगमा केही अभिनेत्रीहरुले आफ्नो अभिनय मार्फत दर्शकको मन जिते । समयसँगै परिवर्तन भएका यस्ता अभिनेत्रीहरुको लुक्स आज पनि चर्चामा रहने गरेका छन् । 

एश्वेर्या राय

आफ्नो सुन्दर्ताको कारण चर्चामा रहने अभिनेत्री एश्वेर्या राय बच्चनले सन् १९९७ मा तामिल फिल्म इरुअरबाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यो समयदेखि एश्वेर्याले अभिनयबाट सबैको मन जित्दै आएकी छन् । उनी सन् १९९४ मा मिस वर्ल्र्ड बनेकी थिइन् ।  योसँगै एश्वेर्याको फिल्मी यात्रा सफल हुँदै गएको हो । 

काजोल
९० को दशकको एक चर्चित अभिनेत्री हुन् काजोल। उनले सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट अभिनय यात्रा सुरु गरेकी हुन् । सुरुवातमा काजोलले आफ्नो लुक्सको कारण धेरै आलोचना खेप्नु गरेको थियो । आजको दिनमा आइपुग्दा उनको लुक्समा धेरै परिवर्तन आएको छ । 

माधुरी दीक्षित
माधुरीलाई बलिउड फिल्ममा एक सफल अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ । माधुरी केही समय अगाडी फिल्म कलंकमा देखिएकी थिइन् । उनी ५३ वर्षकी भइसकेकी छन् । तर आज पनि उनको सुन्दरताको सवत्र चर्चा हुने गरेको छ । माधुरीले फिल्म अबोधबाट बलिउडमा डेब्यु गरेकी हुन् । तर उनले फिलम तेजाबबाट सफलता हासिल गरेकी हुन् । 

रवीना टन्डन
९० दशकमा आफ्नो अभिनयबाट दर्शकको मनमा बस्न सफल एक चर्चित अभिनेत्री हुन् रविना । उनले सन् १९९२ मा रिलिज भएको फिल्म पत्थर के फुलबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनी समाजिक सञ्जालमा निकै व्यस्त रहने गरेकी छन् । उनको सुन्दरतामा पहिलेको भन्दा धेरै परिवर्तन आएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर