रहेनन् नेपाली फिल्म​ क्षेत्रका प​हिलो छायाँकार वैकुण्ठमान​ मास्के

काठमाडौं  ।  नेपाली फिल्म​को क्षेत्रको प​हिलो छायाँकार (सिनेम्याटोग्राफ​र)​ वैकुण्ठमान​ मास्केको निधन भएको छ । उनको शुक्रबार निदान अस्पतालमा निधन भएको हो। किड्नीका बिरामी ८३ वर्षीय उनमा  कोरोना संक्रमण पुष्टि भएको थियो । 

उन​ले प​रिव​र्त​न​, म​न​को बाँध​, हिजो आज​ भोली ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी फिल्म​ खिचेका छ​न्। मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए।  मास्केको नेपाली सेनाको स​लामीस​हित​ शुक्र​वार​ नै प​शुप​तिको विद्युतीय​ शवब​दाह​मा अन्त्य​ष्टी ग​रिएको छ।

उनकी श्रीमती र एक छोरी छिन्। श्रीमती विमला मास्के अवकाश प्राप्त सह सचिव हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर