‘इच्छाधारी नागिन’ बन्दै श्रद्धा कपुर,सामाजिक सञ्जालमा मिम्स भाइरल

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला अगामी फिल्मको कारण चर्चामा आएकी छन् । उनी छिट्टै फिल्म इच्छाधरी नागिन बनाउने तयारीमा छिन् । जसमा उनी एक नागिनको भूमिकामा देखिदैछिन् । फिल्मको नामा नागिन हुने छ जसको तीन सिरिज हुने भारतीय मिडियाले जनाएको छ । 

यस फिल्मलाई विशाल फुरियाले निर्देशन गदैछन् । निखिल द्वीवेदि यस फिल्मको निर्माता रहेका छन् । फिल्म ‘स्त्री’ र ‘छिछोरे पछि श्रद्धा केही फरक भूमिका निभाउने तयारीमा छिन् ।  फिल्मको विषयमा श्रद्धा कपुर निकै उत्साहित देखिएकी छन् । 

उनले एक ट्वीट मार्फत आफूले नागिनको भूमिका निभाउन लागेकोमा निकै उत्साहित रहेको बताएकी छन् । उनको ट्वीट सार्वजनिक भए लगतै सबैले उनलाई मिम्स बनाएर ट्रोल गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर