आर्यन र साम्राज्ञीको ‘कायरा’को ट्रेलर रिलिज

काठमाडौं । पहिलो पटक चकलेटी अभिनेता आर्यन सिग्देल र चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले स्क्रिन सेयर गरेको फिल्म ‘कायरा’ को ट्रेलर सार्वजनिक भएको छ । 

 

ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । अभिनेता आर्यन आफैंले निर्माण यस फिल्मले साउन १८ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

 

निर्माण टिम पहिलो प्रचार सामाग्री स्वरुप गीत युट्युबमा सार्वजनिक गर्ने तयारीमा थियो तर हार्डडिक्सबाट गीत नै चैट भएपछि ट्रेलर सार्वजनिक गरिएको बताइएको छ ।  

 

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिक्देलले ‘कायरा’ लभस्टोरी फिल्म भएको बताएका छन् । उनले यो फिल्म अन्य फिल्मभन्दा भिन्न तरिकाले बनेको पनि बताएका छन् । 

 

फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’मा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 

 

राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’मा दिनेश थापा र दिवस पराजुली सहनिर्मातामा छन् । फिल्मको छायांकन फिलिपिन्स तथा नेपालमा गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर