एक सर्टको लागि ४० टेक लिदा प्रियंकालाई कोरियोग्राफरले भने –‘मिस वर्ल्ड भन्दैमा हुन्छ’

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाको एक पुरानो अन्तर्वाता सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा उनले आफ्नो सुरुवाती दिनको विषयमा कुरा गरेकी छन् । 

प्रियंकाले सन् २००३ मा रिलिज भएको फिल्म ‘अन्दाज’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्मको एक गीतको सुटिङको क्रममा उनले ४० पटक रि–टेक गरेपछि सही सर्ट दिएकी थिइन् । तब उनलाई कोरियोग्रफरले उनलाई धिक्कारेको थियो ।  

उनले अन्तर्वार्तामा भनिन्–‘मेरो त्यो करियरको पहिलो सुरुवात थियो । मैले धेरै कुरा हासिल गर्नु थियो । मलाई याद छ , जब ४० टेकपछि  र्मले राम्रो सर्ट दिन सकिन अन मलाई कोरियोग्राफर राजु खानले आफ्नो माइक फालेर भने–‘ तिमी मिस वर्ल्ड हौँ भन्दैमा तिमीलाई लाग्छ अभिनय गर्न सक्छौँ जाऊ सिकेर आउँ अनि डान्स गर ’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर