‘मिस नेपाल २०२०’ को विजेता बनिन् नम्रता श्रेष्ठ

काठमाडौं । ‘मिस नेपाल २०२०’  को उपाधि नम्रता श्रेष्ठले जितेको छन् । आज भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

यस्तै यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारेकी छन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ र?  भनेर सोधिएको थियो ।

नम्रताले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर