गायक सबिन लिम्बुकाे ‘मनपरेको माया’ गीत रिलिज

काठमाडौं । डिलाइटेड नेपालले नयाँ कोशेली स्वरुप ‘मनपरेको माया’ ले गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बुले गाएको यो गीत उनका हालसम्मका गीत भन्दा फरक शैलीको रहेको छ । यस गीतलाई लोकप्रिय गायिका एलिना चौहानले पनि गायिकी छिन । गीतमा अभिनय पनि गायक गायिका लिम्बु र चौहानले नै गरेका छन् ।

गीत रचनामा चर्चामा रहेका गीतरचनाकार डीपी दाहाल परिश्रमीको रचना रहेको छ । गीतमा परीश्रमीका अत्यन्त मर्मस्पर्शी शब्दहरु रहेका छन् । उनको चर्चित संगीतकार शम्भुजीत बास्कोटाको संगीतमा तिर्सना एल्बम, दिपक शर्माको संगीतमा रसिलो, लक्ष्मण शेषको संगीतमा संसार जितेर, पुरुषोतम सुबेदीको संगीतमा मायाको घरबार, मनोहर सुनामको संगीतमा मायाको क्या राम्रो आंखा, राजेश कैदीको संगीतमा म रोएको पल, लाल बहादुर सुब्बाको संगीतमा झरेको जीवन जस्ता धेरै श्रृजनाहरु बजारमा आईसकेका छन् । 

यस मन परेको माया बोलको गीतले मानवीय यथार्थ जीवनका बास्तबिकताहरु बोलेको सर्जको दाबी छ । लाल बहादुर सुब्बाको संगीत रहेको यस गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका छन् भने ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका हुन् । 

मायाप्रीतिमा रमाएर पछि बिछोड भएकाहरुलाई गीतले मनभित्रनै छुने कोशिश गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर