प्रदेश ४ को बजेटबारे छलफल सुरु

कास्की । प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटबारे प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकमा दफाबार छलफल सुरु भएको छ ।

 

छलफलमा भाग लिने सबैजसो सदस्यले बजेट राम्रो भएको र कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । अर्थ मन्त्रालयले ल्याएको बजेट सोही मन्त्रालयले नै जम्मा ६ दशमलव १८ प्रतिशत खर्च गर्दा यसको कार्यान्वयनमा शंका पैदा भएको सांसदहरुले बताएका हुन् ।

 

प्रदेश ४ कै गौरवको रुपमा रहेको गोरखकाली रबर उद्योगलाई बजेटले नछोएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, निर्वाचन क्षेत्र विकास कोष नराखिएको, सुकुम्बासी समस्यालाई ठोस रुपमा सम्बोधन गर्न नसकेको, सामाजिक सुरक्षामा बेवास्ता गरेको, संघीयताको मोडेलमा बजेट नआएको भन्दै सांसदहरुले आलोचना गरेका छन् ।

 

बैठकमा ३५ सांसदले बजेटको दफाबार छलफलमा भाग लिएका थिए । मंगलबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले बैठकमा उठेका सवालको जवाफ दिएपछि बजेट पारित गरिने छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर