अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकलाई प्रवेश शुल्क बढ्यो, अब नेपाली पनि शुल्क

पोखरा । सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र जाने विदेशी पर्यटकलाई प्रवेश शुल्क बढेकोमा पोखरा पर्यटन व्यवसायीले विरोध गरेका छन् । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेलले विज्ञप्ती जारी गर्दैै सरोकारवाला पर्यटन व्यवसायी, स्थानीय गाउँपालिकाका जनप्रतिनिधि लगाएत सगँ छलफल नै नगरी बढाएको शुल्कले पर्यटन क्षेत्रमा नकारात्मक असर गर्ने व्यवसायीको ठहर छ । पर्यटकीय सिजन चलिरहेका बेला शुल्क बढाउदा अन्तराष्ट्रिय पर्यटन बजारमा नकारात्मक अबसर पर्ने पोख्रेललको विज्ञप्तीमा उल्लेख छ । 

सरकारले बढाएको शुल्क तत्काल फिर्ता गरि पर्यटन क्षेत्रमा परेको नकारात्मक असरलाई सुधार गर्नु पर्ने उनका भनाई छ । पोखरा पर्यटन परिषद्का महासचिब दिल गौतमले शुल्क बढाउने हो भने पनि ६ महिना अगाडी नै अन्तराष्ट्रिय पर्यटन बजारमा जानकारी दिनु पर्ने उल्लेख गरे । 

‘पर्यटकहरुलाई पहिले नै कहाँ जादाँ कति शुल्क लाग्छ भने जानकारी दिएको हुन्छ,’ उनले भने ‘पहिले नै तोकेको शुल्क भन्दा बढि लिदा उनीहरुले ठगेको महुशस गर्दछन् ।’ त्यसले पर्यटन व्यवसायमा नकारात्मक असर गर्ने बताए । 

शुल्क बढाउदा सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने काममा पनि असर गर्ने उनको भनाई छ । सरकारले राजपत्रमा सुचना निकालेर नेपालीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब नेपालीले १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै सार्क्भित्रका पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजार र सार्कबाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार पुर्याएको छ । सोमबार राजपत्रमा सूचना जारी गर्दै सरकारले प्रवेश शूल्क बढाएको हो । जसअनुसार अब ति प्रत्येक क्षेत्रमा जान नेपालीले पनि प्रवेश शूल्क तिर्नुपर्ने भएको छ । 

सरकारले अन्नपूर्ण सहित मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्कमा पनि भारी वृद्धि गरेको छ । पर्यटन वर्ष मनाउन लागेको बेला यसरी कर र शुल्क बढाएपछि पर्यटकलाई सास्ती हुने पर्यटन व्यवसायीहरु बताउँछन् । कुनै पनि शूल्क बढाउदा कम्तिमा पनि ६ महिना पूर्व जानकारी दिनु पर्ने भए पनि सो समेत नगरेको व्यावसायीको भनाई छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशमा नेपालीलाई पनि शुल्क !

अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशमा नेपालीले पनि शुल्क तिर्नुपर्ने भएको छ । यसअघि विदेशीलाई मात्रै शुल्क लिइदै आएकोमा अबदेखि नेपालीले पनि तिर्नुपर्ने भएको हो । अब संरक्षण क्षेत्र प्रवेश गर्दा नेपालीले १ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

राजपत्रमा सूचना प्रकाशन गरी लागू भएको नयाँ ब्यवस्था अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश गर्दा नेपालीलाई पनि शुल्क तिर्नुपर्ने भएको हो । नयाँ ब्यवस्था अनुसार विदेशी पर्यटकको लागि लिइने प्रवेश शुल्कपनि बुद्धि गरिएको छ । जस अनुसार सार्कराष्ट्र भित्रका पर्यटकलाई २ सयबाट १ हजार रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार रुपैयाँ पु¥याएको छ ।

सरकारी निर्णयप्रति पर्यटन व्यवसायी र स्थानीय जनप्रतिनिधिले समेत विरोध जनाएका छन् । पर्यटन वर्षको संघारमा पदयात्रा शुल्क बढाउनु र स्थानीय प्रतिनिधिसँग समन्वय नगरी नेपालीलाई समेत शुल्क लिने निर्णय गर्नु आपत्तीजनक भएको उनीहरुको टिप्पणी छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले सरकारको एकलौटी निर्णय फिर्ता हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर