प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली ’बिछोडको पिडा’

काठमाडौँ । गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली ’बिछोडको पिडा’ बजारमा आउने भएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘बिछोडको पिडा’ बोलको गीत बजारमा ल्याउन लागेका हुन । 

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक गर्न लागेको गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने,टिका बम्जनले संगीत गरेका हुन । गीतलाई गायक कर्ण राज गिरिले गाएका हुन ।

म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कंडेलको अभिनय रहने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर