ज्याकलिनले मागिन् नेपाल आउन अदालतसँग अनुमति  

काठमाडौं । श्रीलंकन मुलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउन चाहन्छिन् । तर, अवैध सम्पत्ति मुद्दा खेपिरहेकी उनलाई अदालतको आदेशबिना भारत छाड्न अनुमति छैन । त्यसैले उनले नेपाल आउन अदालतसँग अनुमति मागेकी छन् । 

बीबीसी हिन्दीका अनुसार दिल्लीको पाटियाला अदालतमा उनले नेपाल भ्रमणका लागि अनुमति मागेकी छन् । उनले नेपाल, अबुधाबी र फ्रान्स भ्रमणका लागि अनुमति मागेकी हुन् । अदालतले अनुमति दिए नदिएको विषयमा भने केही खुलाइएको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर