सिम्पानी पुगेर वितण्डा मच्चाउने एमालेका एक दर्जन कार्यकर्ता माओवादी नियन्त्रणमा

सिन्धुपाल्चोक । माैन अवधिमा अर्कै टाेलमा पुगेर वितण्डा मच्चाउन खाेज्ने नेकपा एमालेका कार्यकर्तालाई माओवादीले नियन्त्रणमा लिएर छाडिदिएका छन्।

सिन्धुपाल्चोक चाैतारा-साँगाचाेकगढी नगरपालिका वडा नम्बर ४ का एमालेका उम्मेदवार राजु श्रेष्ठका भाईसहित १५ जनाकाे टाेलीलाई कुविण्डे-सिम्पानीका माओवादीले नियन्त्रणमा लिए, बुधबार साँझ छाडिदिएका छन् । 

माेटरसाईकलमा बाँसपाटीबाट सिम्पानी पुगेका युवाहरु माओवादीका अध्यक्षका उम्मेदवार कुमार शर्मालाई खाेज्दै पुगेका थिए। त्यसक्रममा दुईपक्षबीच भनाभन भएकाे थियाे ।

युवाहरुकाे साे टाेलीले पैसा माग्ने, धम्की दिने गरेपछि माओवादीका स्थानीय नेता, कार्यकर्ताले केही समय नियन्त्रणमा लिएर जिल्ला प्रहरीलाईसमेत खबर गरि छाडिदिएकाे स्थानीयले बताए।  

१५ मोटरसाईकलमा आएका  एमाले कार्यकर्ताले बुधबार साँझ माओवादी केन्द्रका वडा अध्यक्ष कुमार शर्मालाई हातपातको प्रयास गरेका थिए । शर्माको घरमै गएर हातपात गर्न खोज्दा दुई पक्षबीच सामान्य झडप भएको हो ।

‘१५ वटा मोटरसाईकलमा आएमा एमालेका कार्यकर्ताले त्यो कुमार शर्मा खोई भन्दै घर घेरेर हातपात गर्न खोजे’, उम्मेदवार शर्माले भने– ‘त्यसपछि हाम्रा साथीहरु आउनुभयो र सामान्य झडपको स्थिति बन्यो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर