महेश बाबुको स्पष्टीकरण– म सबै भाषाको इज्जत गर्छु

  काठमाडौं ।   भारतीय फिल्म उद्योगमा चर्चाको विषय बनेका छन् अभिनेता महेश बाबु ।  हालसालै आफ्नो फिल्म ‘मेजर’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले दिएको बयानका कारण उनी चर्चामा छन्। उनले आफूलाई बलिउडले धान्न नसक्ने भन्दै हिन्दी फिल्म खेलेर समय बर्बाद गर्न नचाएको बयान दिएका थिए।

उनको यो अभिव्यक्तिलाई उनका समर्थनले साथ दिएका थिए भने अन्यले भने उनी घमण्डी भएर निश्चित भाषा र फिल्म उद्योगलाई होच्याउने काम गरेको तर्क अघि सारेका थिए। आफूले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि हाल अभिनेता बाबुले स्पष्टीकरण दिएका छन्।

उनले आफूले कुनै भाषा केन्द्रित फिल्मलाई होच्याउन नखोजेको बताएका छन्। उनले आफूले सबै भाषाका फिल्महरुलाई सम्मान गर्ने भएकाले भाषा केन्द्रित भएर यस्तो अभिव्यक्ति नदिएको बताएका छन्। आफ्नो बयानबारे स्पष्टीकरण दिँदै महेश बाबुले भनेका छन्, ‘म जहाँ (साउथ फिल्म उद्योग)मा काम गरिरहेको छु, त्यहाँ मलाई काम गर्नमा सहज छ। मलाई मेरो सपना पूरा भएकोमा खुशी लागिरहेको छ किनकी तेलगु फिल्म उचाई छोइरहेको छ। मैले कुनै भाषालाई होच्याएर त्यसो भनेको होइन।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर