सोहल खान तथा सीमा सचदेव  डिभोर्स गर्दै

काठमाडौं । बलिउड अभिनेता सलमान खानको परिवारबाट एउटा नरमाइलो खबर सार्वजनिक भएको छ । मलाईका अरोडा तथा अरबाज खानपछि अब खान परिवारमा दोस्रो डिभोर्स हुने भएको छ ।

भारतीय मिडियाले जनाए अनुसार सोहल खान तथा सीमा सचदेव खानले आफ्नो २४ वर्ष लामो वैवाहिक जीवन टुंग्याउने निर्णय गरेका छन् । लामो समयदेखि उनीहरुबीच डिभोर्सको चर्चा चलिरहेको थियो । अन्ततः वर्षौंपछि उनीहरुले डिभोर्सका लागि अदालतको ढोका ढक्ढक्याएका छन् ।

सीमा सचदेव खान स्थापित फेसन डिजाइनर हुन् । सोहेल तथा सीमाको विवाह सन् १९९८ मा भएको थियो । सीमा तथा सोहेलका दुई छोराहरु छन्, जो प्रायः सलमान खानसंग देखिने गर्छन् ।

सोहेल र सीमाको डिभोर्सको खबरप्रति सलमान खानको परिवारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, एउटै परिवारका दुई सदस्यको डिभोर्स हुनुले विभिन्न प्रश्नहरु जन्माएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर