झापाका तीन पाकिकामा रोकिएको मतगणना पुनः सुचारु गर्ने सर्वदलीय सहमति
काठमाडौं । झापाका तीन पाकिकामा रोकिएको मतगणना पुनः सुचारु गर्ने सर्वदलीय सहमति भएको छ । झापको शिवसताक्षी नगरपालिका,गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा रोकिएको मतगणना प्रक्रियालाई सुचारु गर्न सबै राजनीतिक दलबाट सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा मतगणनालाई शान्तीपूर्ण सम्पन्न गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस