शुक्रबार हलमा तीन नयाँ फिल्मसँगै ’चपली हाइट ३’ पुन : प्रदर्शनमा

काठमाडौं । शुक्रबार हलमा तीन नयाँ फिल्मसँगै ‘चपली हाइट ३’ पुनः प्रदर्शनमा आएको छ।

दुई नेपाली फिल्म ‘म’ र ‘चपली हाइट ३’ सँगै विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘रामाराव अन ड्यूटी’ र हलिउड फिल्म ‘बुलेट ट्रेन’ प्रदर्शनमा आएका हुन्।

सुवर्ण थापा निर्देशित फिल्म ’म’लाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो। सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको फिल्ममा आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा छ।

फिल्ममा  निशा अधिकारी, निराजन प्रधान, रुविना थापा, सरोज खनाल, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली र पुनम श्रेष्ठलगायत कलाकारको अभिनय छ। फिल्मको कथा प्रकाश पुरीले तयार पारेका हुन्। 

निकेश खड्काले निर्देशन गरेको फिल्म ’चपली हाइट ३’ तेस्रो पटक प्रदर्शनमा आएको हो। कोरोना महामारीका कारण रोकिएको फिल्म पुनः प्रदर्शन गर्न लागिएको हो। सस्पेन्स थ्रिलर कथामा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायत कलाकारको अभिनय छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर