जनगायक टुहुरेको पाँचौं स्मृति दिवस मनाइयो
काठमाडौं। वरिष्ठ जनगायक जेवी टुहुरेले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्याएको विभिन्न वामपन्थी नेता तथा श्रष्टाहरुले बताएका छन्। जेबि टुहुरे फाउन्डेसनद्वारा वुधवार टुहुरेको पाँचौं स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताहरूले सो धारणा राखेका हुन्।
पुर्व मन्त्री एवम् एमाले उपाध्यक्ष रघुजी पन्तले जेवि टुहुरेको योगदान छुटाएर नेपालको वाम लोकतान्त्रिक आन्दोलन पुरा नहुने वताए। टुहुरेले सामाजिक रुपान्तरणमा असाधारण भुमिका खेलेको पन्तले बताए। पुर्व मन्त्री प्रदीप ज्ञावालीले युगीन गीत सङ्गीत मार्फत् जेबि टुहुरे सदैव बाँचिरहने वताए।
नेकपा नेता जगन्नाथ खतिवडाले टुहुरेले पंचायति कालरात्रीमा परिवर्तनको विगुल फुकेको वताए। जनसाँस्कतिककर्मी इश्वरचन्द्र ज्ञावालीले टुहुरेका गीतहरुले आमुल परिवर्तनका लागि जनतालाई जागृत गरेको वताए।
वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले जेवि टुहुरेलाई छुटाएर नेपालको लोकतान्त्रिक आन्दोलन पुरा नहुने वताए। कार्यक्रममा नेता हेमराज राई , मानवअधिकारवादी नेता सुवोधराज प्याकुरेल, पुर्व साँसद खेम नेपाली, युवा नेता रञ्जित तामाङ, सुरेन्द्र बस्नेत लगायतले टुहुरेका योगदानका विविध पक्षबारे प्रकाश पारेका थिए।
स्मृति सभामा टुहुरेको सङ्गीत र स्वर रहेको एवम् खेम नेपालीको रचना रहेको 'पानी नचल्ने भो' शिर्षकको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले वताइन्। कार्यक्रममा नयाँ पुस्ताका ख्यातिप्राप्त कलाकारहरुले टुहुरेका चर्चित गीतहरु प्रस्तुत गरेका थिए।
वि.स. २००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबि टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । उनले गीत संगीतको क्षेत्रबाट नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्वपुर्ण योगदान गरेका थिए । टुहुरे तत्कालीन माओवादी केन्द्रका तर्फवाट संविधानसभाका सदस्य समेत भएका थिए।
टुहुरेको योगदानको कदर गर्दै २०८० भदौ ६ गतेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । वि.स.२०७५ सालमा स्थापित जेबि टुहुरे फाउण्डेशनले सामाजिक सांस्कृतिक र साहित्यिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको अध्यक्ष टुहुरेले वताइन्।







प्रतिकृया दिनुहोस