रोल्पाका ८१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

रोल्पा । शिक्षा मन्त्रालयले रोल्पा जिल्लाका ८१ विद्यालयलाई शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको छ । रोल्पबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि तथा पुर्व मन्त्री बर्षमान पुनको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाबाट ८१ वटा विद्यालयहरु छनोट भएका हुन् ।  

शिक्षा मन्त्रालयले निकालेको सूचना अनुसार १ सय ८६ विद्यालले माग गरेकोमा ८१ विद्यालय छनोट भएको नेता पुनको सचिवालयले जानकारी दिएको छ । 

सुधार कार्यक्रम अन्तरगत ४ कोठे भवनका लागि प्रत्येक विद्यालयले ५० लाख पाउनेछन् । २ कोठे भवनका लागि २५ लाख, सुचना प्रविधिका लागि प्रति विद्यालयलाई ६ लाख ५० हजारका दरले बजेट परेको छ । 
यो कार्यक्रम स्थानीय पालिकाहरु मार्फत कार्यान्वयन हुने छ ।
यी हुन् छनोट भएका विद्यालयहरुः

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर