अभिनेता बुद्धि तामाङ विवाह गर्दै

काठमाडौं । अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन् । उनी भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा गाँसिन लागेका हुन् ।
उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेको जानकारी दए । अनुसँग उनको मागी विवाह हुन लागेको हो । ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् ।
अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रमलगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् ।
बुद्धि नेपाली सिने क्षेत्रमा ‘हैट’ नामले चर्चित छन् ।
प्रतिकृया दिनुहोस