नेपालको निर्यात सम्भावना वार्षिक १० खर्बः  विश्व बैंक

काठमाडौं । नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अभैm सम्भावना रहेको बताएका छन् । नेपालसंग ९।२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको समेत उनले दावि गरे । 

गत आर्थिक वर्षको निर्यातसंग तुलना गर्ने हो भने आठ गुणा बढि सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ । 
नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसंग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम बिकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए । 

नेपालको वृद्धि उत्पादकत्वको आधारमा देखिदैन । नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन सकेको पाईदैन । न्यून परिणामको निर्यात, सिमित देशहरुमा मात्र केन्द्रीत र छोटो समयको निर्यात र न्यून वाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवद्र्धनमा काम गर्नुपर्नेमा जोड दिए । 
‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुहरु निर्यात गर्ने क्षमता राख्नुु पर्छ । यसमा सरकारलाई निजी क्षेत्रले दिएका सुुझावहरुको कार्यान्वयनमा विशेष ध्यान दिनुुपर्नेमा हाम्रो जोड छ,’ गोल्छाले भने । 

उद्योग सचिव डा। तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषणलाई हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 

योजना आयोगका सदस्य डा। रामकुमार फ्यालले उत्पादनशील उद्योगहरुमै लाग्ने नीति अनुरुप पूर्वाधारहरु पनि तयार भैरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नैैै भएको आफूले पाएको र योजना आयोगले पनि सरकारलाई सोही अनुसार सल्लाह दिएको स्पष्ट पारे ।

महासंघका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघईले विश्व बैंककातर्फबाट प्रस्तुुत कार्यपत्र हाम्रा लागि निकै नै उर्जा दिने खालका देखिएकाले उक्त सुुझाव अनुसार निर्यात प्रवद्र्धनमा सरकार निजी क्षेत्र आजैदेखि लाग्नुु पर्नेमा जोड दिनुु दिए । 

महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानले कार्यपत्र प्रस्तुुत गर्दै नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवर्द्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सहभागी निर्यात व्यवसायसंग सम्बन्धित व्यवसायीले निर्यातमा नगद अनुदानको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुु पर्ने, नगद अनुदान सम्बन्धी कार्यविधि तयार गर्दा निजी क्षेत्रसंग पर्याप्त छलफल गर्नुपर्ने, कपास खेतीमा जोड दिनुुपर्ने लगायतका सुुझाव दिनुु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर