तनहुँ–१ मा रामचन्द्र पौडेल निर्वाचित

तनहुँ  । तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । एमालेका एकबहादुर रानालाई ५ हजार ३८८ मतान्तरलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । 

पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी रानाले १९ हजार ९२५ मत ल्याएर पराजित हुन पुगे । 

सोही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् । 

यद्यपि, निर्वाचन आयोगले औपचारिक घोषणा गर्ने तयारी गर्दै छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर