अलमल भयाे बीमा कम्पनीहरुको मर्जर प्रक्रिया

काठमाडाैं । बीमा कम्पनीहरुको मर्जर प्रक्रियामा अलमल देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट मर्जरको लागि स्वीकृति लिएका कम्पनीमध्ये चारवटा कम्पनीले मात्रै एकीकृत कारोबार शुरु गरेका छन् । अन्य कम्पनीहरुको मर्जर प्रक्रिया भने अलमलमा देखिएको हो ।

गत जेठ ३ गते प्राधिकरणबाट मर्जरको स्वीकृति लिएका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया अझै अन्यौलमा छ ।कम्पनीहरुले आगामी पुस १५ गते देखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाए पनि मर्जर प्रक्रियामा अलमलमा परेको प्राधिकरणको बुझाइ छ ।

गुराँस लाइफ तीन वटा कम्पनीमध्ये पुरानो कम्पनी हो, प्राइम लाइफको पोर्टफोलियोे ठुलो छ । त्यस्तै, युनियन लाइफको व्यवस्थापन समूह बलियो छ । तीनवटा कम्पनीको आ-आफनै बिशेषता भएका कारण पनि मर्जरमा समस्या भएको हुन सक्ने प्राधिकरणको बुझाई छ । तीन वटै कम्पनी आ-आफनै अडानमा छन् । जसका कारण मर्जर प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

त्यस्तै, महालक्ष्मी लाइफ र प्रभु लाइफको मर्जरको प्रक्रिया भाडिन सक्ने अवस्था छ । दुवै कम्पनी बिच तादम्यता नमिल्दा मर्जर भाडिन सक्ने देखिएको जानकारहरु बताउँछन् । कम्पनीहरुले भने फागुन देखि एककिृत कारोबार गर्ने विवरण प्राधिकरणमा पेश गरेका थिए । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बिच पनि मर्जरको सम्भावना कम देखिएको प्राधिकरणको बुझाइ छ । मर्जर पछि कम्पनीको नाम राख्ने बिषयमा नै सहमती जुटन सकेको छैन ।

प्रभु इन्स्योरेन्स कम्पनीले मर्जर पछि कम्पनीमा प्रभु नाम छुटन नहुने शर्त राखेको छ जुन अजोड इन्स्योरेन्सका सञ्चालकलाई स्वीकार्य छैन । तसर्थ मर्जर भाडिन सक्ने प्राधिकरणको भनाइ छ । यद्यपी कम्पनीले अगामी फागुनको अन्तिम देखि एकीकृत कारोबार शुरु गर्ने विवरण प्राधिकरणमा पेश गरेको छ ।

रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स बिच भने मर्जरका लागि डिडिए भै रहेको छ । कम्पनीले पुस देखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाएको छ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स बिच पनि डिडिए भै रहेको छ । कम्पनीले आगामी फागुन देखि एकीकृत कारोबार गर्ने जनाएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले माघ देखि एकीकृत कारोबार गर्ने गरी प्राधिकरणमा विवरण पेश गरेका छन् ।

त्यस्तै प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बिच मर्जरको लागि मर्जर कमिटि गठन भएको छ । तर, सिटिजन्स लाइफ, सन लाइफ र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले भने प्राथमिक शेयर नै निष्काशन गरेका छैनन् । यि कम्पनीहरुले पुँजी इन्जेक्ट गर्ने विवरण पेश गरेका छन् । साथै एनएलजी इन्स्योेरेन्स, एशियन र रिलायबल इन्स्योरेन्स कम्पनीले पनि पुँजी इन्जेक्ट गर्ने योजना बुझाएको प्राधिकरणले जनाएको छ । तर, युनाईटेड इन्स्योरन्स भने आफै अलमलमा देखिएको छ । कम्पनीको पुँजी अन्य कम्पनीको तुलनामा ज्यादै न्यून छ तर, कम्पनीले अहिलेसम्म कुनै कम्पनीसँग मर्जरको प्रक्रिया अगाडि बढाउन पनि सकेको छैन ।

नेको इन्स्योरेन्स, नेपाल लाइफ, एलआईसी, नेशनल लाइफ र शिखर इन्स्योरेन्स कम्पनी भने आफैले पुँजी पुर्याउने भएका छन् । विदेशी कम्पनीको शाखाको रुपमा कार्यरत, नेशनल, ओरियण्टल र मेट लाइफको लागि भने प्राधिकरणले असाइन क्यापिटल तोकेको छ ।

प्राधिकरणबाट मर्जरको स्वीकृति लिएकामध्ये हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट्र इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार गरी सकेका छन । कम्पनीले साउन एक गते देखि नै एकीकृत कारोबार शुरु गरेको हो । त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्सले गत कार्तिक १४ गते देखि एकीकृत कारोबार शुरु गरेका छन् । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते देखि एकीकृत कारोबार शुरु गर्ने तयारी गरेका थिए । तर, धितोपत्र बोर्डको प्रक्रिया बाँकी रहेकाले आगामी एक साता भित्रमा एकीकृत कारोबारको घोषणा गर्ने प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीहरुले आगामी चैत ११ गतेसम्ममा पुँजी पुर्याइ सक्नु पर्नेछ । मर्जरको स्वीकृति लिएर पनि मर्जरमा नजाने कम्पनीको हकमा प्राधिकरण आफैले फोर्स मर्ज गरिदिनेछ । प्राधिकरणले आफैले डिडिए गरी, स्वाप रेशियो पनि तोक्न सक्नेछ । मर्जर कमिटि गठन गरी मर्जर गर्न सक्नेछ । यद्यपी मर्जर पछि पनि पुँजी पु¥याउन नसक्ने कम्पनीको हकमा २० प्रतिशत पुँजीको लागि हकप्रद शेयर जारी गर्न सक्ने प्राधिकरणले छुट दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर