किन नगर्ने भए विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम ?

काठमाडौं  ।  अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा काम नगर्ने भएका छन् । उनले ‘प्रसाद २’ को छायाङ्कनमा व्यस्त भएका कारण आफूले समय दिन नसकेको बताएका छन् र 

अहिले विपिन फिल्म ‘प्रसाद २’ को छायाङ्कनमा कास्कीको ल्वाङ गाउँमा छन्। दुबैको फिल्मको सुटिङ सेड्युल जुध्दा आफूले फिल्मबाट हात झिक्न बाध्य भएको उनको भनाई छ 


गत महिना पनि एनिमलको सुटिङका लागि मुम्बई पुगेका विपिन सुटिङ नगरी नेपाल फर्किएका थिए। सुरुमा फिल्मको सुटिङ गत अगष्टमै सकिने भनेपनि आफूले छ पटक काठमाडौं–मुम्बई आउजाउ गर्नुपरेको उनले सुनाए। सबै स्टारहरु भएको सिन भएकाले पनि समय नमिलेको उनी सुनाउँछन्।

सन्दीप रेड्डी वांगाको निर्देशन र लेखन रहेको फिल्ममा रणवीर कपुर, अनिल कपुर, बबी देओल, तृप्ती डिमरी र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर