आजबाट देशभर फिल्म  ‘चि मुसी चि’ प्रदर्शनमा

काठमाडौँ । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर फिल्म ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । जाडो मौसम भएकोले अन्य फिल्म प्रदर्शनमा नआउँदा यस फिल्मले एकल प्रदर्शनको अवसर पाएको हो । 

अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको फिल्म एमी स्टुडियोको ब्यानरमा निर्माण भएको हो । फिल्ममा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ ।

हरर विषयमा अलि भिन्न तरिकाबाट निर्माण भएको फिल्मले हरर फिल्मको ट्रेन्ड नै स्थापित गर्ने दाबी निर्माताको छ । फिल्ममा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो फिल्मकी निर्माता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर