बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन् । उनले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा उनी निर्वाचित भएका हुन् ।

प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सैँजुले उम्मेदवारी दिएका थिए । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभाका सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । उक्त बैठकमा तीनैवटा दलका उम्मेदवारहरुको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले तीन जना उम्मेदवारहरु बीच प्रदेशसभा सदस्यहरुको मत विभाजनका लागि क्रमशः उम्मेदवारी दर्ता क्रम अनुसार निर्णायार्थ प्रस्तुत गरेका थिए । जेष्ठ सदस्य ढुंगानाले नेपालको संविधानको धारा १८२ को उपधारा ९१० तथा प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को नियम ७ को उपनियम ६ बमोजिम सभामुख पदका उम्मेदवारहरुको उम्मदवारीलाई निर्णायार्थ पेश गरेका थिए ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित रहेका थिए । राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षर सहित समर्थन गरेका थिए भने उनको विपक्षनमा ३९ जना सांसदले हस्ताक्षर परेका थिए । ७ जना सांसदहरु तथष्ट रहेका थिए ।  नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शिबराज अधिकारीको पक्षमा ३६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

त्यसैगरी सभामुख पदमा नेमकीपाकी सृजना सैँजुको पक्षमा ३ जना सांसदको समर्थन पाएकी थिइन् । उनको विपक्षमा ९८ जना सांसदले हस्ताक्षर गरेका थिए भने ७ जना सांसद तथष्ट रहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर