बृहत ग्रुपको भगिनी संस्था ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा

काठमाडौं । नेपाली बजारमा संयुक्त अरब इमिरेट्स (यूएई)को फर्निचर ब्रान्ड ड्यानुबका उत्पादन बिक्री गर्दै आएको ड्यानुव होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ । ड्यानुव होम रियल इस्टेट क्षेत्रको पायोनियर संस्था बृहत ग्रुपको भगिनी संस्था हो ।  

ड्याुनब होमको सुन्धारा ताहागल्लि स्थित पहिलो शोरुमको सफलतापछि बृहत ग्रुपले डिल्लीबजारको पुण्य म्यानसनमा दोस्रो शोरुम खोलेको बताएको छ । पुर्व मिस नेपाल प्रिती सिटौलाले मंगलबार ड्यानुव होम नेपालको दोस्रो शोरुमको उद्घाटन गरेकी हुन् ।

नेपालमा ड्यानुव होम नेपाल भनेर बृहत ग्रुपले संचालनमा ल्याएको छ । बृहत ग्रुपले लगानी, वास्तुकला, संरचनात्मक डिजाइन, निर्माण र निर्माण पर्यवेक्षणका साथै व्यवस्थापनबाट सबै घर जग्गाका आवश्यकताहरु पुरा गर्दछ । तसर्थ ड्यानुव होम नेपालले सबै मुल्यवान् ग्राहकहरुलाई बृहत ग्रुपको माध्यमबाट रियल इस्टेट सम्बन्धी सम्पुर्ण प्याकेज पुरा गर्दै आइरहेको छ ।

बृहत ग्रुपका अध्यक्ष डा.ओम राजभण्डारीले फर्निचर तथा फर्निसिङ हबका रुपमा परिचित डिल्लीबजार क्षेत्रमा उपभोक्ताको बदलिँदो रुचिलाई सम्बोधन गर्न शोरुम विस्तार गरिएको जानकारी दिए । गुणस्तरीय उत्पादन र प्रतिस्पर्धी मूल्य ड्यानुवको पहिचान भएको उल्लेख गर्दै अध्यक्ष राजभण्डारीले सहरी क्षेत्रमा उपभोक्ताको आवश्यकताअनुसारका उत्पादन शोरुममा राखिएको बताए ।

हरेक नेपालीहरुको जीवनशैलीलाई माथि उकास्न र स्तरोन्नति गर्न ड्यानुव होम नेपाललाई नेपाली बजारमा ल्याइएको उनको भनाइ छ । एकै छानामुनी घरको सबै आन्तरीक आवश्यकताहरुका लागि ‘वान् स्टप सल्युसन’ले घरधनीहरुलाई आफ्नो नयाँ घरमा सहज रुपमा स्थानान्तर गर्न मद्दत गर्ने र लगानीकर्ता हरुलाई गुणस्तरीय उत्पादन सहित किफायति मुल्यमा लगानी गर्ने अवसर प्रदान गर्ने उनको विश्वास रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर