कर्णालीका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

कर्णली ।  कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् ।उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएकी हुन् । 

सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिईन् । गुरुङले जारी गरेको विज्ञप्तिमा, “सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु” भनिएको छ ।

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर