शाहरूखको फिल्म ‘पठान’ ले गर्यो  आक्रमक कमाई


काठमाडौं । बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रमक कमाई गरिरहेको छ।

बुधबार रिलिज भएको पठानले बक्स अफिसमा कीर्तिमान ओपनिङ गरेको थियो। यो क्रम दोस्रो दिन पनि जारी छ। भारतीय मिडिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन करिब ७० करोड कमाइ गरेको छ। 

फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ५७ करोडको ब्यापार गरेको थियो। फिल्मको कलेक्सन दुई दिनमा करिब १२७ करोड पुगेको छ।

‘पठान’ ले ‘केजिएफ २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले ५३ करोड ९५ लाख भारू कमाएको थियो।

कलेक्सनको तुलनामा पठान अहिले साउथ फिल्म केजीएफ २ र आरआरआरभन्दा पछाडि छ। 
भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार सार्वजनिक बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। 


‘पठान’मा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्। शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। यस फिल्ममा सलमान खान केमियो भूमिकामा देखिने चर्चा छ। 

निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर