बागमती प्रदेशका १५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । 

कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लि मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो । 

चैत्र ५ बाट लागु हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएको खण्डमा एक लाख रुपैया बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बीमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना बीमा लागू भएको हो । यसै गरि मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताए ।

यस अघि मन्त्री श्रेष्ठको प्रस्तावमा जंगली हात्तीले ज्यान लिएका मकवानपुरका २ जना र सिन्धुलीका १ जना मृतकको परिवारलाई प्रति परिवार एकलाख रुपैया राहत उपलब्ध गराइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर