अपराधिक गतिविधि नियन्त्रण र बिपदको पूर्व तयारी गर्न मन्त्री श्रेष्ठको निर्देशन

काभ्रे । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बिपदको पूर्व तयारी र अपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् । आज काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न, नदिजन्य पदार्थको चोरी निकासी रोक्नको लागि प्रभावकारी कदम चाल्न निर्देशन दिए । 

काभ्रे कारागारका कैदि बन्दीहरुको दैनिकी जीवन, राज्यले दिएको सुविधा सहित अतिरिक्त आवश्यकताका बारेमा समेत जानकारी लिएका थिए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कारागारका समस्यालाई नीतिगत रुपमै हल गर्ने र खुला कारागारको नीति बनाउने तर्फ पहल गरिने बताए ।

 मन्त्री श्रेष्ठले  कारागार प्रमुख परशुराम थापाले राख्नुभएको कारागारका अन्य समस्यासहित भौतिक समस्यालाई सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर