प्रभा बर्तौलाको लोकगित “सारा संसार एकतर्फी” सार्वजनिक

काठमाडौं । प्रभा बर्तौलाको लोकगित “सारा संसार एकतर्फी” सार्वजनिक भएको छ । लाखौँ दर्शक श्रोताको मन जित्न सफल थानेश्वर गौतम र निशा के. सी. को स्वरमा रहेको गित सार्वजानीक भएको हो ।
पछिल्लो समय छुट्नलाई पो रैछ क्यारे, एउटा कथा, फुर्के थागो, पिरतीको पाइला जस्ता गीत र गजलहरु बजारमा ल्याएकि गीतकार तथा गजलकार प्रभा बर्तौलाको अर्को लोकगित “सारा संसार एकातर्फी ” भिडियो सहित सार्वजनिक भएको छ ।
लाखौँ दर्शक श्रोताको लोकप्रिय गायक र गायिकाको रुपमा परिचित छन् । प्रभा बर्तौलाको शब्द तथा थानेवश्वर गौतमको संगीतमा रहेको उक्त लोकगीतमा एरेन्ज भने बिनोद बाजुरालीले गरेका छन् ।
सिर्जन बरालको निर्देशनमा रहेको सो गीतको भिडियोमा रोशनी कार्की, जीबी चिरन, बिकाश खनाल, सबिन गौतम, प्रिन्स सिंग ठकुरी, युवराज भट्टराई लगायतको अभिनय रहेको छ भने क्यामेरेमा राम के.सी. रहेका छन् । उक्त गितलाइ थानेश्वर गौतमले आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका छन् ।
प्रतिकृया दिनुहोस