सुर्खेत १ बाट निर्वाचित तीनैजना मन्त्री !

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं अहिलेका रक्षामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र सुर्खेत १ बाट गत मंसिर ४ गते भएको  निर्वाचनमा निर्वाचित तीन जना नै मन्त्री भएका छन् । याे निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश तथा संघिय सांसद तीनै जना मन्त्री भएका हुन् ।

यो क्षेत्रबाट गत निर्वाचनमा  गठबन्धनका तीनवटै उम्मेदवार निर्वाचित भएका थिए । २ वटा प्रदेशसभा निर्वाचित क्षेत्र रहेको यहाँबाट गत मंसिर ४ गतेको  निर्वाचनमा गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा खड्का, १ (क) बाट कांग्रेसकै खड्गबहादुर पोखरेल र (ख) बाट नेकपा माओवादीका कृष्णबहादुर जिसी निर्वाचित भएका थिए । 


अहिले यी तीनै जना मन्त्री बनेका छन् । खड्का नेपाल सरकारको रक्षा मन्त्री बनिसकेका छन् भने (ख) बाट निर्वाचन माओवादीका जिसी ११ माघमै कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका थिए । बिहीबार गठित नयाँ सरकारमा (क) बाट निर्वाचित कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल पनि मन्त्री बनेका छन् । पोखरेल प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर