तोलामा एकसयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर बुधबार कै मूल्यमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर