सूचना–प्रविधिको पठनपाठन र विकासबारे लुम्बिनी प्राविधिक विश्वविद्यालयद्वारा छलफल

भैरहवा । लुम्बिनी प्राविधिक विश्वविद्यालयले नेपालमा सूचना–प्रविधिको पठनपाठन र विकासबारे छलफल चलाएको छ ।  सोमबार राजधानीमा एक कार्यक्रमको आयोेजना गर्दै विश्वविद्यालयले शैक्षिक तथा व्यावसायिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुसँग छलफल गरेको हो ।

विश्वविद्यालयले आगामी शैक्षिक वर्षबाट सञ्चालनमा ल्याउन लागेका शैक्षिक कार्यक्रमहरुको सन्दर्भमा यसलाई व्यवहारोपयोगी तथा समयानुक्रूल बनाउन अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा सूचना–प्रविधिको पठनपाठनका लागि आवश्यक पाठ्यक्रमको विकास सम्बन्धी विषयमा सहभागीहरुले चासो राखेको थिए । विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्दै देशमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्न विश्वविद्यालयको भूमिका कस्तो रहन्छ भन्नेमा उनीहरुको जिज्ञासा थियो ।

नेपालबाट सूचना–प्रविधिको अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी तथा धनराशी बाहिँरिदै आएको तथ्यलाई मध्यनजर गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना गरिएको रजिष्ट्रार रेग भण्डारीले बताए । देशकै लागि आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने सक्ने उद्देश्यले पाठ्यक्रमलाई थप व्यावहारिक बनाउन लागिएको उनको भनाइ छ ।

आउँदो भदौबाट विद्यार्थी भर्ना कार्यक्रम सुरु गर्ने योजना बनाएको विश्वविद्यालयले आउँदो बिहीबार इन्जिनियरिङ क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल चलाउने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर