अभिनेता आदित्य सिंह राजपूतको निधन

काठमाडौं । । अभिनेता आदित्य सिंह राजपूतको निधन भएको छ । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आदित्य सिंह राजपूतको शव मुम्बईको अँधेरीस्थित अपार्टमेन्टमा भेटिएको मुम्बई प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । 


मिडिया रिपोर्टका अनुसार भवनको चौकीदारले आदित्य सिंह राजपूतलाई अस्पताल पु¥याए जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनी विगत केही दिनदेखि ग्यास्ट्रिकको समस्याबाट पीडित रहेको नजिकका आफन्तले बताएका छन् ।

९ अगस्ट १९९० मा उत्तराखण्डमा जन्मेका आदित्य सिंह राजपूतले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । पछि उनले चलचित्र र टिभी कार्यक्रममा पनि काम गरे । उनले ‘स्प्लिट्सभिला’ बाट चर्चा पाए । उनी कास्टिङ डायरेक्टर पनि थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर