आदिपुरुषका लेखक विवादमाः के नेपाल १९०३ अघि भारतको अंश थियो ?

काठमाडौं । भारतीय चलचित्रका कारण नेपालमा पटक पटक विवाद सृजना भएको छ । चलचित्र मार्फत भारतले नेपालमा विस्तारवादी तथा औपनिवेशिक विचार प्रवाह गरेका कारण नेपालमा त्यस्ता चलचित्रसँगै भारत प्रतिनै नेपालीहरुको नकारात्मक धारणाको विकास भईरहेको छ । 

अहिले चर्चामा रहेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को कथाका कारण का फेरि विवाद सुरु भएको छ । सीता भारतीय चेली हुन् भनेर लेखेका उनै लेखकले अहिले नेपाल पनि कुनै बेला भारतमा थियो भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । 

पटकथा लेखक तथा गीतकार मनोज मुंतशिरले भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए ।

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर ब्यापक विरोध भैरहँदा लेखक मुंतशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको दावी गरे ।

‘सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ,’ उनले भने।

यसैबीच प्रभास र कृति सेनन स्टारर यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत निवेदन परेको छ । हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन् । उनले फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर