सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ।

मंगलबार सवारी दुर्घटनामा मृत्यु भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आकस्मिक रूपमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना हुँदा त्यसमा सवार मन्त्री सिंहसहित ३ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको पनि मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर