जलहरी काण्डः सुनको तौल १०७ किलो ४७ ग्राम 

काठमाडौं । पशुपतिमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम रहेको पाईएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरि झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।  

सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो। नेपाली सेना परिचालन गरेर सुन जोखिएको थियो।

गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरि जोखेका हुन्।

जलहरि जोख्ने ठाउँमा सिसिटीभी जडानसमेत गरिएको थियो।

पशुपतिमा जलहरि राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको थियो। जलहरि छिटो खिइन नदिन त्यसमा २ किलो ८ सय ८८ ग्राम तामा, चाँदी १ किलो २ सय ५३ ग्राम र १२ ग्राम ७५ मिलिग्राम जिन्कसमेत राखिएको थियो। 

१० किलो ९ सय ७६ ग्रामको रिङ हालिएको थियो। महालेखा परीक्षकको प्रतिवेदनले रिङ बनाउने काममा प्रयोग भएको सुनको परिमाण पुष्टि हुने विवरण पेश नभएको उल्लेख गरेको थियो।

महालेखाको सोही प्रतिवेदनका आधारमा प्रतिनिधिसभामा सांसदहरुले जलहरीको सुनको विषयमा प्रश्न उठाएका थिए ।

जलहरि र रिङ गरी कूल १०७ किलो ७ सय ९८ ग्रामको सुन र अन्य धातु प्रयोग भएको पाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर