बेथितिः छोराको विहेमा गाउँपालिका विदा !

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विहेमा सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाले मुस्ताङ्गी राजाको छोराको विहेमा आज गाउँपालिका भर  सार्वजनिक बिदा दिएको हो।

मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर