मधेश प्रदेश सभामा पनि एमालेको अबरोध

जनकपुरधाम । कुनै बेला संघीय सरकारदेखि बहुमत प्रदेशमा नेकपा एमालेको नेतृत्व वा सहभागिता थियो । अहिले यस्तो अवस्था आईपुग्यो, बाँकी प्रदेश १ को सरकार पनि एालेले गुमाएर पूर्ण रुपमा प्रतिपक्षी दल बन्न पुगेको छ । 

आफू प्रतिपक्षमा हुँदा संसद अबरोधको रेकर्ड कायम गरेको एमालेले अहिले पनि प्रदेशदेखि संघीय संसदमा लगातार अबरोध सृजना गरिरहेको छ । अबरोधका एजेण्डा भने फरक छन् । 

मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।  

प्रदेशसभा बैठक बस्नासाथ एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने सांसद दासले बताएपछि बैठक अवरुद्ध भएको हो ।

एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । एमालेको सांसदहरु यसबारे मुख्यमन्त्रीले जवाफ दिनुपर्ने अडान राखेका थिए । 

शनिबारको बैठकमा अर्थमन्त्री संजयकुमार यादवले प्रदेश सरकारको आर्थिक वर्ष २०८०,८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०८०,०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची थियो।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर