डाक्टर कुट्ने आमा, छोरा, छोरीसहित ४ पक्राउ

हेटौंडा । हेटौंडाको सन्चो अस्पतालका दुई चिकित्सक विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक महिनाअघि अस्पतालले रिफर गरेर उपचारका क्रममा चितवनमा मृत्यु भएका राजेश प्रधानका आफन्तले चिकित्सकमाथि बुधबार आक्रमण गरेका थिए ।

कुटपिटमा संलग्न रोहित प्रधान, अनुप प्रधान, रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रमा राजेशकी श्रीमती हुन् भने रोहित र रमिता छोराछोरी हुन् । अनुप मृतकका भतिजा हुन् । उनीहरुलाई सीसी टिभी फुटेजका आधारमा पक्राउ गरिएको हो ।

एक महिनाअघि ४१ वर्षीय राजेश डेंगु संक्रमणका कारण सन्चो अस्पताल पुगेका थिए । उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पताले चितवन मेडिकल कलेज रिफर गरेको थियो । उनको त्यहीँ मृत्यु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर