हालसम्म ५ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । हालसम्म ५ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

भदौ ३१ गते आइतबार सम्ममा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यी बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

लाभांश प्रस्ताव गरेका ५ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश एनआइसी एशिया बैंकको रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ३०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यसैगरी, एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्नका लागि कुल २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

माछापुच्छ्रे बैंकका सेयरधनीहरुका लागि बैंकले कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकका सेयरधनीहरुले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश पाउने भएका छन्।

सानिमा बैंकले पनि आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न कुल १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै, सिटिजन्स बैंकले पनि आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश प्रस्ताव गरेको छ । यस बैंकका सेयरधनीहरुले यसवर्ष नगद लाभांश मात्रै पाउने भएका छन् । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ५.७९ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर