माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए कोइराला 

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला दोहोरिएका छन् । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।

सन्तोष कोइरालालाई आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा लिइन्छ । कोइरालाको पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अब्बल सावित भएको थियो ।

कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । कोर बैंकिङ व्यवसाय तथा अपरेशनमा अब्बल कोइरालाको नेतृत्वमा बैंकले थप प्रगति गर्ने विश्वाससहित सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालका लागि सीईओ नियुक्त गरिएको बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर