बैंकहरुले घटाएर सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले भोलि अर्थात् फागुन १ गतेदेखि लागू हुने गरि ब्याजदर घटाएका हुन् । सोमबार बैंकहरुले माघको तुलनामा फागुनमा ब्याजदर घटाएका हुन् ।

फागुनमा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपमा औषत शून्य दशमलव ४० प्रतिशत बिन्दु घटेको छ । योसँगै फागनुमा व्यक्तिगत मुद्दति निक्षेममा बैंकहरुको औषत ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ । तर, माघ महिनामा भने यस्तो ब्याजदर ८.१६ प्रतिशत र गत पुसमा ८.९६ प्रतिशत रहेको थियो । यता, संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने औसत शून्य दशमलव ३७५ प्रतिशत बिन्दुले घटेको छ ।

फागुन महिनाका लागि भने एभेष्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी तीनै वटा बैंकहरुले फागुनमा पनि व्यक्तिगत निक्षेपमा ८ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

फागुनमा सिटिजन बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ८.२५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ८ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगत तर्फ ८.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगत तर्फ ८.१ प्रतिशत र संस्थागत तर्फ ६.१ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगत तर्फ ८.१५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, कुमारीले व्यक्तिगतमा ८.०१ प्रतिशत र संस्थागतमा ६.०१ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, एनआईसी एशिया र सिद्धार्थ बैंकले पनि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेप तर्फ क्रमशस् ८ प्रतिशत र ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

फागुन महिनामा नबिल बैंकले पनि व्यक्तिगतमा ७.७५ प्रतिशत र संस्थागतमा ५.७५ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगतमा ७.६ प्रतिशत र संस्थागतमा ५.६ प्रतिशत, प्रभुले व्यक्तिगतमा ७.५ प्रतिशत र संस्थागतमा ५.५ प्रतिशत, सानिमाले व्यक्तिगतमा ७.५१ प्रतिशत र संस्थागतमा ५.५१ प्रतिशत, प्राइमले व्यक्तिगतमा ७.४ प्रतिशत र संस्थागतमा ५.४ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगतमा ७.३५ र संस्थागतमा ५.२५ प्रतिशत ब्याज दिने भएका छन् ।

यता, सरकारी स्वामित्वमा तीनै वटा बैंकले पनि फागुन महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । फागुनमा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.३५ प्रतिशत र संस्थागतमा ५.३५, नेपाल बैंकले व्यक्तिगतमा ७.२५ प्रतिशत र संस्थागतमा ५.२५ प्रतिशत र कृषि विकास बैंकले व्यक्तिगतमा ६.४४३ प्रतिशत र संस्थागतमा ४.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर