प्युठानको मान्डबी गाउपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

प्युठान । प्युठानको  मान्डबी गाउपालिकाले  फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मध्य नेपालको जनयुद्धको यद्धगम भूमि मानिने प्युठान जिल्लाको मान्डबी गाउपालिकाले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गर्दै सूचना सार्वजनिक गरेको छ ।  ‘

जनयुद्ध दिवसको अवसरमा यस पालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, तथा नगरपालिका मातहतका विद्यालयहरुमा  २०८० फागुन १ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको’ प्रमुख प्रशासकीय अधिकृत प्रकाश पान्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर