के नेपाली पर्यटन बजारले कोल्टे फेरेको हो ?

काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले तहसनहस भएको नेपाली पर्यटन बजार पुनस् लय फर्किन थालेको छ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटक आगमनको तथ्याङ्कले यस्तो देखाएको हो ।

कोरोना कालमा पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । २०१९ को अन्त्यबाट विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । तर, २०२० भने ह्वात्तै घटेर वर्षभर नै जम्मा २ लाख ३० हजार ८५ जनामा सीमित भएको थियो । गत वर्ष सन् २०२२ मा पनि वार्षिक ६ लाख १४ हजार १४८ जना नेपाल आएका थिए ।

तर, पछिल्लो समय महामारी साम्य भएको छ, योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढीरहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको हो । झन् २०२१ मा त विदेशी पर्यटक आगम ठप्प जस्तै भएको थियो । सो वर्ष १ लाख ४९ हजार ८३३ जना मात्रै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि भने बिस्तारै बढ्न थालेका छन् ।

नेपालमा विदेशी पर्यटकको आगमन र पर्यटक व्यवसाय कोरोना अघिकै अवस्थामा पुगेको छ । कोरोना महामारीले शिथिल बनेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थालेको हो । कोरोना कालमा पर्यटन व्यवसाय निकै नै प्रभावित भएको थियो । तर, पछिल्लो समय महामारी साम्य भएको छ । योसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको छ, जसले व्यवसायमा पनि थप उत्साह थपिदिएको हो ।

गत वर्ष सन् २०२३ मा पनि पर्यटक आगमनले सरकारी लक्ष्य हासिल गरिसकेको छ । सो वर्ष सरकारले १० लाख बढी पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको थियो, जुन पुरा भएको छ । सो वर्ष १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

सन् २०२४ को सुरुवाती दुई महिनामा पनि विदेशी पर्यटक आगमनमा सुखद सङ्केत देखिएको छ । बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को फेब्रअरी महिनामा पनि ९७ हजार ४२६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार हवाई मार्गबाट सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् । सीमा क्षेत्रबाट पर्यटकको तथ्याङ्क भने बोर्डले राख्ने गरेको छैन । नेपालमा भारतीय पर्यटकहरू सीमा क्षेत्र अर्थात् सडक ९सवारी साधन० मार्फत पनि आउने गर्छन् । गत फेब्रअरीमा आएका पर्यटकको सङ्ख्या गत वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा भने ३३ प्रतिशत बढी हो । गत वर्षको फेब्रअरीमा भने जम्मा ७३ हजार २५५ जनाले मात्रै नेपाल भ्रमण गरेको पर्यटन बोर्डको आँकडा छ ।

सन् दुई २०२४ को दुई महिना (जनवरी र फेब्रअरी) मा मात्रै १ लाख ७६ हजार ५२६ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत जनवरीमा पनि ७९ हजार १०० जना पर्यटक नेपाल आएका थिए । आगामी दिनमा पनि थप विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने व्यवसायीहरुको अपेक्षा छ । अहिले पर्यटक आगमन बढेसँगै अन्य आर्थिक क्रियाकलाप पनि वृद्धि भएको छ । यसले व्यवसायमा थप राहत मिल्ने उनीहरुको तर्क छ । पछिल्लो समय नेपाल भित्रने पर्यटकको संख्याले पर्यटन बजार विस्तारै कोरोना अघिकै अवस्थामा चलायमान हुने विश्वास छ ।


भारतपछि चिनिया र अमेरिकन नागरिकले धेरै घुम्छन् नेपाल

नेपाल भ्रमण गर्नेको पहिलो सूचीमा भारतीय नागरिकहरू नै छन् । गत फेब्रअरी महिनाकै तथ्याङ्क अनुसार पनि भारतबाट २५ हजार ५७८ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्षको सोही महिनाको तुलनामा भने भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्या ३९ प्रतिशत वृद्धि भएको देखिन्छ । भारतीय नागरिकहरू विशेषगरि पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पोखरा लगायतका धार्मिक स्थलको दर्शनको लागि नेपाल आउने गरेको पाइन्छ ।

नेपालमा पर्यटनको मुख्या आधार भनेकै प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधता नै हो । संसारभरका मानिसहरू नेपाल पाइने प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूप्रति नै आकर्षित छन् । यसले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना र विदेशी मुद्रा आर्जन निकै बढी रहेको छ।

नेपालमा भारतपछि सबैभन्दा धेरै चिनिया नागरिकहरू घुम्न आउने गरेका छन् । छिमेकी मुलुक चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि चार गुणा बढेका छन् । बोर्डको तथ्याङ्क अनुसार गत फेब्रअरीमा ९ हजार १८० जना चिनिया पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा भने ३०५ प्रतिशत बढी हो । गत वर्षको फेब्रुअरीमा भने २ हजार २६६ जना मात्रै चिनियाँ पर्यटक नेपाल आएका थिए । पछिल्लो नेपाल घुम्न आउने चिनिया पर्यटकको सङ्ख्या पनि निकै उत्साहजनक रूपमा बढी रहेको छ । कोरोनाका कारण चीनले लामो अवधिसम्म आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको थियो । तर, गत वर्षको फेब्रअरीबाट भने खुकुलो बनाएको थियो । त्यसपछि नै नेपाल आउने चिनिया पर्यटनको सङ्ख्या थप बढी रहेको छ ।

नेपालमा धेरै घुम्न आउने विदेशी पर्यटकको सूचीको तेस्रो स्थानमा भने अमेरिका रहेको छ । सो मुलुकबाट एक महिनामै ९ हजार ८९ जना नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार समीक्षा महिनामा थाइल्यान्डबाट ४ हजार ७९९ जना, बेलायतबाट ४ हजार ५७१ जना, बङ्गलादेशबाट ४ हजार ९९ जना, श्रीलङ्काबाट ३ हजार ६८४ जना पर्यटक नेपाल घुमेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर